Sunday, February 20, 2011

राप्रपाको बाटो हिंड्दै छ एमाले

२०४८ सालको जनआन्दोलन पछि कांग्रेसको बहुमतीय सरकार विफल भई मध्यावदी चुनाब पछि कसैको बहुमत आउन नसक्दा तेस्रो ठुलो दल राप्रपाका विभिन्न व्यक्तिहरुलाई प्रधानमन्त्री बनाई कांग्रेस र एमालेले नचाई रहेका थिए । राप्रपाका प्रखर नेताहरु सुर्य बहादुर थापा र लोकेन्द्र बहादुर चन्दले निकै चोटी नेपाली जनता को शासन को डोर सम्हाले । राप्रपाको तेतिखेरको ढुलमुले प्रवृत्तिले गर्दा निकै पल्ट राप्रपा विभाजनमा परयो । त्यति खेर राप्रपाका नेताहरुले एकले अर्कालाई गाली गर्नुसम्म गरे र पछि जुट्दै फुट्दै रहिरहे । पछि राजाको सत्ताच्युत पछिको लोकतन्त्र बहाली भए पश्चात् राप्रपा देशका अरु नगन्य पार्टीहरुको दाँजोमा पुगेको सत्यतालाई नकार्न सकिंदैन । उक्त समयमा देशको ठुलो दलको रूपमा रहेको एमाले अहिले आएर तेस्रो दलमा सिमित भएको छ । अहिले उसले पनि पहिला राप्रपा हिंडेको बाटो पच्छ्याउन खोज्दैछ । झलनाथ खनालले आफ्नै नेत्रित्व बहुमतको सरकार ढालेर आफ्नै नेत्रित्वको अर्को सरकार गठन गरे फरक त्यतिमात्र हो पहिला कांग्रेस उसको सहयात्री थियो भने अहिले माओवादीको घोडा चढेको छ । यदि उसले अहिले पनि राप्रपा ले भोगेको पुरानो पाठ नसिक्ने हो भने उ पनि भविष्यका कुनै पन्नाहरुमा अहिलेको राप्रपा भन्दापनि नगन्य अवस्था को पार्टीमा परिणत हुने पक्का छ । त्यसैले झलनाथ को अहिलेको अवस्थामा प्रधानमन्त्री को कुर्सीमा रमाउनेमात्र होइनकी बरु सबैलाई समेटेर लाग्दै त्यही बहुमतको सरकार लाई पनि सहमतीको सरकारमा परिणत गरी सबैलाई समेटेर लान सकेमा मात्र देश अर्को दशक पछाडी धकेलिन र एमाले अर्को रा.प्र.पा हुन बाट जोगिन्छ नभए एमाले नेपाली राजनीतिक ईतिहासमा भिरबाट खस्न लगेको गोरुसरह हुनेछ ।




.You are free to comment on my blog after reading it.... Please comment below.

No comments:

Post a Comment