Saturday, July 16, 2011

नेपाली बजेट-फुस्रा सपना

  यस्तो मिठो कुरा गरिएको छ बजेटमा हेर्नुस्-
- नागढुङ्गा–नौबीसे र भिमफेदी–हेटौडा सुरुङ मार्ग निर्माण गर्ने कार्य यथाशीघ्र आरम्भ गरिनेछ ।
- काठमाडौंमा फ्लाई ओभरको निर्माण कार्य द्रुत गतिका साथ अगाडि बढाइनेछ ।
-काठमाडौं उपत्यकामा मेट्रो/मोनोरेल सेवा सञ्चालनका लागि सम्भाब्यता अध्ययन कार्य शुरु गरिनेछ।
- पूर्व पश्चिम तराई रेलमार्ग निर्माणको कार्यलाई अघि बढाइनेछ। नेपाल जयनगर—जनकपुर रेल्वे सेवालाई वर्दिवाससम्म विस्तार गरिनेछ। यसैगरी रानी—सिकियाही—विराटनगर रेल्वे सेवाको निर्माण कार्य शुरु गरिनेछ। नेपाल—भारत सीमा क्षेत्रमा पहिचान भएका अन्य रेलमार्गहरुको विस्तृत अध्ययन कार्यलाई तीब्रता दिइनेछ ।
-रानी—इटहरी—धरान, वीरगन्ज—पथलैया र बेलहिया—बुटवल सडकलाई ६ लेनमा विस्तार गर्न आगामी आर्थिक वर्षदेखि निर्माण शुरु गरिने

फुस्रा सपना हुन् कि, नभए के हुन् यी वाक्यांशहरु ?
के सपना बाढेकै हुन् त यिनीहरुले?
के सपनालाई पछ्याउने हामीले अब पनि?

अरु केहि सपनाहरु-
“गाउँगाउँमा ब्रोडब्याण्ड, सबै शहरमा फोन अन डिमाण्ड”
“राष्ट्रको समृद्धि—युवाको रोजगारी”
जनताको रहर उज्यालो शहर
“सबै गाउँ उज्यालो बनाउँ”
“एक परिवार एक रोजगार”    

यी भरतवाणी कहिलेसम्म पत्याउने हामीले? 
 
You are free to comment on my blog after reading it.... Please comment below.