Friday, November 12, 2010

रेडक्रसमा जुनियर युवाको भुमिका र बालकोट युवा सर्कल एक चिनारी

                  विश्वमा जुनियर र युवा रेडक्रसले मान्यता पाउन शुरुवाती बेलाहरुमा निकै कसरत गर्नु प¥यो । विद्यार्थीहरुले आफु पनि मानवीय सेवा गर्न सक्षम छौं भन्ने प्रमाण नदिउन्जेल विश्व समुदायले उनीहरुको रेडक्रसमा आवद्यता स्वीकार नगरेका थुप्रै उदाहरणहरु पाइयो । सन् १८७०मा फ्रङ्को र पर्सिया बिचको युद्धमा नेदरल्याण्डका विद्यार्थीहरुले गरेको सेवा पनि अपुर्ण भएको कुरा जब १८९०मा जुनियर रेडक्रसलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रयास विफल भएपछि पुष्टि भएको छ । तर जब अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा १९०६मा गएको महाविनाशकारी ७.६ रिक्टर स्केलको भुकम्पका बेलामा पनि त्याहाँका विद्यार्थीहरुले सैनिक सरह लागेर जुन सेवा प्रदान गरे र तत्पश्चात् पनि प्रथम विश्व युद्धताका १९१४–१९१८मा क्यानाडा, अष्ट्रेलिया, इटली, अमेरिकामा भएका युवा गतिविधिहरुले भने रेडक्रसमा जुनियर र युवाको जोसलाई नकार्न नसकि विश्व समुदायले साँच्चै युवा र विद्यार्थीहरु रेडक्रसका दरिला पक्षको रुपमा स्थापित हुन सक्ने कुरा हृदयगम गर्दै तत्कालीन लिग (हाल फेडरेसन)ले जुनियर रेडक्रसलाई १९२२मा मान्यता दिएको थियो र लगत्तै १९२३मा महासंघमा युथ व्युरोको स्थापना भयो । सन् १९३५सम्मा ५१ मुलुकहरुमा १करोड ५० लाख सदस्यहरु जुनियर र युवामा आवद्ध भइसकेका थिए ।
                    नेपालमा भने नेपाल रेडक्रस स्थापना भएको एक वर्षमै जुनियर र युवा स्तरमा रेडक्रसको विकास गर्न सके मात्र रेडक्रसले अझ बढि प्रभावकारी ढंगमा आफ्ना लक्षहरु पुरा गर्न सक्छ भन्ने कुरा महसुस गर्दै १९६५ मार्च ५ (२०२१ फागुन २२)का दिन स्थापना भएको हो । तसर्थ नेपाल रेडक्रसको अभिन्न अङ्गको रुपमा रहेको जुनियर/युवा रेडक्रस सर्कलमा बालबालिका तथा युवावर्गलाई आवद्ध गराई कार्यक्रमहरुको माध्यमबाट मानवीय सेवालाई प्रभावकारी बनाउन उनीहरुको व्यवस्थापकीय क्षमता अभिवृद्धिका साथै स्वयम् पनि लाभान्वित् हुनसक्ने गरी स्वयम्सेवी कार्यकर्ताको रुपमा विकास तथा सेवामा परिचालन गराउनु जुनियर/युवा रेडक्रस सर्कलहरुको मुख्य लक्ष्य हो । त्यही लक्ष्य अनुरुप अघिल्लो वर्षको अन्त्य सम्मा ४८२ युवा सर्कलहरु र ४००६ जुनियर सर्कलहरु गरेर जम्मा ८,४६,१५६ जना बालबालिका र युवाहरु रेडक्रसमा आवद्ध भईसकेका छन् ।
                   “म सेवा गर्छु” भन्ने मुल मन्त्र लिएर रेडक्रसका मुलभुत सिद्धान्तको अधिनमा रही मानव जतिको सेवाहुने कुनै पनि प्रकारका कार्यक्रमलाई नेपाल जुनियर/युवा रेडक्रसको कार्यक्षेत्रको स्पमा लिन सन्छि । युवा रेडक्रसको विशेषतः छ वटा कार्यक्षेत्र छन् ।
१. जिवन रक्षा र स्वास्थ्यको सुरक्षा
२. सेवा र ऐक्यवद्घता
३.  राष्ट्रिय। अन्तर्राष्ट्रिय मित्रता, समझदारी र शान्तिका लागि शिक्षा
४. अन्तर्राष्ट्रिय मानवीय कानुन, मानवीय मुल्यको प्रबद्र्घन र रेडक्रस सिद्घान्तको प्रचार प्रसार
५. प्रकोप व्यवस्थापन
६. क्षमता अभिवृद्घि र संगठन बिकास
नेपालमा जुनियर युवा रेडक्रसको संगठनात्मक स्वरुप यस प्रकारको छ:


                        यसै स्वरुप अन्तर्गत समुदायमा आधारित युवा रेडक्रस सर्कलका रुपमा बालकोट युवा सर्कलको स्थापना २०६० सालमा गठन र यस सर्कलका संस्थापक अध्यक्ष श्री उमेश सिलवालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन बालकोटका ९वटै वडाहरुबाट १०/१० जना युवाहरु गरी जम्मा ९० जनाको भेला गरी गरिएको थियो । तत्कालीन समयमा यस युवा सर्कल अन्तर्गत हरेक वडामा १०/१० जना युवाहरुको Youth Action Group -YAG_ रहेको थियो र यसरी युवा रेडक्रसका गतिविधि तीव्र रुपले बालकोट गा.वि.स.का ९ वटै वडामा फैलिएको थियो । स्थापनाका अघिल्ला ४ वर्ष सम्म सोहि कार्यसमितिबाट विभिन्न कार्यक्रमहरु गरियो । विभिन्न प्रशिक्षणहरु, अभिमुखिकरण कार्यक्रमहरु,वनभोज कार्यक्रम, विभिन्न समयमा खेलकुद प्रतियोगिताहरु र एक पटक सर्कलको आर्थिक स्थिती सुधार गर्नको लागि चिठ्ठा कार्यक्रमको आयोजना पनि गरिएको थियो । बालकोट उपशाखाको अभिन्न अंगको रुपमा रहि यस युवा सर्कलले सदैव बालकोट उपशाखालाई सघाउँदै आएको छ । यस सर्कलको एक छुटाउनै नहुने काम भनेको हरेक महिनामा निकाल्ने गरेको मासिक भित्ते पत्रिका “युवा आवाज हो” ।
                      यसरी युवा आवाज नामक मासिक भित्ते पत्रिका मार्फत युवाहरुको लेख, रचना र कार्यक्रमका बारेमा अनि बेला बेलामा फैलिने गरेका माहामारी र हुने गरेका प्रकोपका बारेमा जनचेतना जगाउने कार्य गरिरहेको छ । बिचमा एक वर्ष केहि युवाहरु बिचमा केहि मनमुटाव आई झण्डै निष्कृय अवस्थामा पुग्न लागेको यस युवा सर्कललाई फेरी नयाँ सोच र नयाँ उमंगका साथमा सक्रिय तुल्याई २०६५ सालमा विभिन्न वडाहरुबाट ५० जना युवाको भेला गराइ श्री कृष्ण मुरारी पौडेल ज्युको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरि युवालाई नयाँ ढँगबाट परिचालन गरियो । यस अन्र्गत विभिन्न १६ जना युवाहरुको एक “चेतना”समुह गठन गरि त्यस समुहलाई सडक नाटक प्रशिक्षण दिई विभिन्न ठाउँमा सडक नाटक पनि प्रदर्शन गरियो । यस्ता सडक नाटकहरुमा विशेष गरि बालकोटमा हुने गरेको लैङ्गिक तथा जतिय विभेद, सरसफाई, विभिन्न समयमा प्रकोपका रुपमा फैलिने गरेका माहामारी र विभिन्न रोगहरुका विषयहरु समाविष्ट गरि बालकोटवासीमा जनचेतना जगाउने कार्य गरिदै आएको र यसको निरन्तरता हालसम्म पनि रहेकै छ ।
                           यसै युवा सर्कलका सचिव, म सन् २००९/२०१० को युवा कार्यक्रममा नेपाल भरिबाट छनौटमा परि १० महिना नर्वेमा रेडक्रस युवाको संगठनात्मक विकासका लागि कार्य गरि हालसालै स्वदेश फर्किएर भक्तपुर जिल्ला र सिन्धुपाल्चोक जिल्लामा युवा संगठन बिस्तार र युवा परिचालनका निमित्त स्वयम्सेवी रुपमा कार्य गर्दैछु । यो पनि यस युवा सर्कलको सक्रियता र सफलकामका कारण सम्भव भएको हो भन्ने म ठान्दछु ।
यसरी बालकोट उपशाखालाई र समस्त रेडक्रस अभियानलाई नै अघि बढाउन, मानवीय मुल्य, मान्यताको र अन्तर्राष्ट्रिय मानवीय कानुनको प्रचार प्रसार गर्न र संकटमा परेकालाई सहयोग पु¥याउन यस युवा सर्कल सदैव तत्पर रहँदैआएको छ र आगामी दिनहरुमा पनि रहने छ ।
You are free to comment on my blog after reading it.... Please comment below.